तेराखको ' मे को प्रेम' कथा सङ्ग्रह लोकार्पण
असोज १७ गते, धुलाबारी
देवीचरण भण्डारी
शनिवार डाईनामिक ग्रुप नेपाल भद्रपुर-१० चन्द्रगढीको आयोजना र साहित्यकार तेराख प्रतिष्ठानको प्रायोजनमा धुलावारी मा. वि. धुलावारीको सभाहलमा साहित्यकार तेजराज खतिवडा( तेराख) को विसौँ कृति ' मे को प्रेम' कथा सङ्ग्रहको लोकार्पण गरिएको छ।कथाकार भुवन सुब्बा खरेलको प्रमुख अआतिथ्यमा सम्पन्न कृति लोकार्पण कार्यक्रममा प्रमुख अतिथि सहित पाँचजना नारी स्रष्टाहरु खगिन्द्रा खुसी, उप प्राध्यापक लक्ष्मी पौडेल , दुर्गा काफ्ले र भगवती ढुङ्गेलले संयुक्त रुपमा कृतिको लोकार्पण गर्नु भएको थियो। लोकार्पित कृतिको समीक्षा लक्ष्मी पौडेलले गर्नु भएको थियो।महिलालाई कथाको मूल पात्र बनाएर लेखिएको ' मे को प्रेम' कथा सङ्ग्रहमा जम्मा ९ वटा कथाहरु सङ्ग्रहित भएका छन्। कार्यक्रममा प्रमुख अतिथि भुवन खरेल,साहित्यकारहरु पुण्य प्रसाद खरेल, दुर्गा काफ्ले , देवीचरण भण्डारीले शुभकनमना मन्तव्य राख्नु भएको थियो भने कथाकार तथा साहित्यकार तेराख प्रतिष्ठानका संस्थापक संरक्षक तेराखले समीक्षकले कृतिको समीक्षाका क्रममा उठाएका केही प्रश्न र जिज्ञासाहरुको जवाफ दिँदै कथाको विषयवस्तु र पात्रहरुको चरित्रको वारेमा प्रकाश पार्नु भएको थियो।प्रयोजक संस्था साहित्यकार तेराख प्रतिष्ठानका अध्यक्ष शिव कुमार पौडेललले कथाकार तेराखलाई वधाई दिँदै कार्यक्रममा उपस्थित सवैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो भने आयोजक संस्था प्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो। कार्यक्रममा लक्ष्मी अच्युत ढुङ्गाना, नमूना निरौला,पवित्रा ओली र अर्जुन खरेलले गीत प्रस्तुत गर्नु भएको थियो। डाईनामिक ग्रुप नेपाल, भद्रपुरलाई कार्यक्रमको आयोजनाको अभिभारा सुम्पनु भएकोमा साहित्यकार तथा कृतिकार तेराख प्रति आभार व्यक्त गर्दै कार्यक्रमकी अध्यक्ष खगिन्द्रा खुसीले खुसी व्यक्त गर्दै सहभागी सवैमा धन्यवाद अर्पण गर्नु भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य गीता सुवेदी नेपाल र सञ्चालन आरती पोखरेलले गर्नु भएको थियो।






