बिहीबार ६, बैशाख २०८१ Thu,18 Apr 2024

सर्वाधिकार सुरक्षित

रामधुनीको झुम्कामा कोभिड अस्पतालको शुरुवात



19:23 सोमबार २९ , मंसिर २०७७

२०७७ मंसिर २९ गते, झुम्का ।

रामधुनी नगरपालिकाको झुम्कामा अस्थाई कोभिड अस्पतालको आज उद्घाटन गरिएको छ । रामधुनीका मेयर जयप्रकाश चौधरी र जग्गादाता रिसी कुमारी घिमिरेले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
संघिय सरकारको ६५ लाख, नगरपालिकाको ३ लाख र वार्ड नम्बर ५ को १० दश लाख बजेटमा उक्त अस्पताल निमार्ण गरिएको हो । संघिय सरकारको नियम अनुसार ५ वेडको कोभिड अस्पताल निमार्ण गरिएको रामधुनी नगरपालिका वार्ड नं. ५ का वडा अध्यक्ष डेगराज फूयालले जानकारी दिनुभयो ।
आजैबाट सेवा दिने गरि संचालनमा ल्याइएको अस्पतालमा एक जना डाक्टर सहित ४ जना स्वास्थ्यकर्मीको टिमले सेवा प्रदान गर्ने छ । वडा अध्यक्ष फूयालका अनुसार यो अस्पताललाई तत्काल चौविसै घण्टा संचालन गर्न नसकिए पनि भविष्यमा चौविसै घण्टा सेवा दिने योजना रहेको पनि जानकारी दिनुभयो । वहाँका अनुसार बीमा रिफर सेन्टरको रुपमा पनि यसैलाई प्रयोग गरिने बताउँनुभयो । 
उद्घाटन कार्यक्रममा रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीले वडाले शिक्षाको बजेट काटेर स्वास्थ्यमा हालेको भएपनि त्यसलाई नगरपालिकाले कमी हुन नदिने बताउँनुभयो । मेयर चौधरीले भन्नुभयो – “ ५ नम्बर वडाले धेरै राम्रो काम गरेको छ । यसमा हामी सबैले सहयोग गर्नुपर्छ । शिक्षामा कटौति गरिएको रकम वडामा नगरपालिकाले पुरा गर्नेछ । यसमा शिक्षाको बजेट किन स्वास्थ्यमा गयो भनेर चिन्ता गर्नुपर्दैन् ।”
अस्थाइ कोभिड अस्पताल निमार्णको लागि स्थानिय रिसी कुमारी घिमिरेले एक कठ्ठा एघार धुर जग्गा दान दिनुभएको हो । 

उद्घाटन कार्यक्रममा नेकपा सुनसरीका संगठन विभाग प्रमुख नन्दकुमार बस्नेत, वडाका अध्यक्षहरु, टोलविकास समितिका अध्यक्षहरु तथा स्थानियहरुको उपस्थिति रहेको थियो ।
वार्ड नम्बर ५ का वडा अध्यक्ष फुयालका अनुसार यसलाई भविष्यमा नगर अस्पतालको रुपमा पनि रुपान्तरण गर्न सकिनेछ । फुयाल नगर स्तरीय कोभिड रोकथाम तथा नियन्त्रण व्यवस्थापन समितिका संयोजक समेत रहनुभएको छ ।
रामधुनी नगरपालिका वार्ड नम्बर ५ ले आफ्नै भवन निमार्ण समेत गरिसकेको छ ।


 

Featured News

Advertisement