विराटनगर गुरुकुलमा शुरु भयो ‘सन्ध्या’
09:10
शनिबार
१० ,
माघ
२०७७
NepalBit
1605
अविशेक खतिवडा
२०७७ माघ १० गते, इटहरी
विराटनगरको आरोहण गुरुकुलमा शुक्रवारदेखि ‘सन्ध्या’ नाटकको पून मञ्चन शुरु गरिएको छ । दुई वर्षअघि मञ्चन गरिएको ‘सन्ध्या’लाई पुनःदर्शकमाझँ ल्याइएको नाटकघरका अध्यक्ष भैरव क्षेत्रीले बताउनुभयो । यो नाटक एउटा अयोग्य लडाकुको प्रेम सम्बन्धमा आधारित रहेको छ ।
धिरज राईको लेखन तथा दिपेश भण्डारीको निर्देशनमा रहेको यस नाटकमा अशोक गौतम,बिकास पराजुली,सविन भट्टराई,जिना कार्की,अनुपमा बास्तोला,प्रदिप दाहाल,मिलन राईले अभिनय गर्नुभएको छ ।
निकै लामो समयपछि गुरुकुलमा नाटक मञ्चन गर्न पाउँदा खुसी लागेको कलाकारहरुले प्रतिक्रिया दिएका छन ।
नाटक माघ १३ गतेसम्म दैनिक दिउँसो ३ बजे देखि सञ्चालन हुने जनाइएको छ ।








