धरानमा २ दिने अन्तराष्ट्रिय साहित्य तथा सांस्कृतिक पर्यटन महोत्सवको हुने
08:47
मंगलवार
११ ,
फाल्गुन
२०७७
NepalBit
1148
२०७७ फागुन ११ गते, धरान ।
धरानमा अन्तराष्ट्रिय साहित्य तथा सांस्कृतिक पर्यटन महोत्सवको आयोजनाको लागि साहित्यकार बम देवानको संयोजकत्वमा १७ सदस्य महोत्सव मुल आयोजक समिति गठन गरिएको छ ।
धरान उपमहानगरपालिका वार्ड नम्बर १३ को आयोजनामा हुने महोत्सव यहि फागुन २८ र २९ गते अमरहाटमा हुने वडा अध्यक्ष नेत्र काफ्लेले जानकारी दिनुभएको छ ।
साहित्य, कला र संस्कृतिको माध्यमबाट धरानलाई साहित्यिक बहुसांस्कृतिक पर्यटन केन्द्रको रुपमा स्थापित गर्न यो महोत्सवको आयोजना गरिएको संयोजक बम देवानले बताउनुभयो । महोत्सवमा नेपाल तथा भारतका साहित्यकारहरुको सहभागिता रहनेछ । देवानका अनुसार चित्रकला, नृत्य प्रदर्शनी लगायत मनोरञ्जनात्मक कार्यक्रम समेत रहनेछ ।
भारतका ५० र नेपालका करिब १ हजार साहित्यकार तथा कलाकारहरुको सहभागिता रहने जनाइएको छ ।






