शुक्रबार १४, बैशाख २०८१ Fri,26 Apr 2024

सर्वाधिकार सुरक्षित

अर्काे अर्थ नलागेमा...



10:00 मंगलवार १० , चैत्र २०७७

२०७७ चैत १० गते, इटहरी ।
‘अर्काे अर्थ नलागेमा...’ नाटक विराटनगरमा मञ्चन हुने भएको छ । चैत्र १७ देखि २० गतेसम्म आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा हरेक दिन साँझ ५ देखि नाटक मञ्चन हुने हुनेछ । कान्तिपुर दैनिकको ‘अर्काे अर्थ नलागेमा...’ स्तम्भमा प्रकाशित शरदचन्द्र वस्तीका १० लेखहरुलाई नाट्य रुपान्तर गरिएको जनाइएको छ । सुनील पोखरेलको परिकल्पना तथा संयोजनमा नाटक तयार पारिएको हो । 
यसअघि काठमाण्डौंमा २० दिन मञ्चन भएको आरोहण गुरुकुलले जनाएको छ । नाटकमा देशको वर्तमान सामाजिक तथा राजनैतिक घटनाक्रमलाई व्याङ्ग्यात्मक ढंगले प्रस्तुत गरिएको छ ।

 

Featured News

Advertisement