मंगलवार ५, आश्विन २०७८ Tue,21 Sep 2021

सर्वाधिकार सुरक्षित

पागलको पुस्तक विमोचन



08:12 आईतवार ६ , भाद्र २०७८

 

२०७८ भदौँ ६ गते, इटहरी ।

कवि उपेन्द्र पागलको कविता सङ्ग्रह “पागलका प्रतिनिधि कविता” शनिवार इटहरीमा विमोचन गरिएको छ ।
प्रगतिशील लेखक सङ्घ नेपाल (प्रलेस) सुनसरीको आयोजनामा भएको सम्मान, पुरस्कार तथा पुस्तक विमोचन कार्यक्रममा उक्त कृतिको विमोचन गरिएको हो । पागलको मृत्यु भएको डेढ बर्षपछि यो सङ्ग्रह प्रलेस सुनसरीले प्रकाशन गरेको हो ।
विमोचित कृतिका बारेमा समिक्षक तिर्थ भट्टराईले समिक्षा गर्नुभएको थियो । बिम्ब र अंलकारको प्रयोग उत्कृट रुपमा गरिएको उहाँले टिप्पणी गर्नुभयो । भट्टराईका अनुसार कविताहरुमा प्रेम, राजनीति तथा समाजका विविध बिषयमा कलम चलेको बताउनुभयो ।
सङ्ग्रहमा वि. सं. २०२० सालदेखि ६६ सालसम्म लेखिएका ४२ कविताहरु रहेका छन् ।
वरिष्ठ लेखक तथा कवि भानु भण्डारीको प्रमुख आतिथ्य र प्रलेस सुनसरीका अध्यक्ष रामप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रम सि एन गौतमले सञ्चालन गर्नुभएको थियो ।