बिहीबार १६, असार २०७९ Thu,30 Jun 2022

सर्वाधिकार सुरक्षित

पदभार ग्रहण लगतै दुहबी ८ का वडा अध्यक्षले गरे वडावासीको हितमा यस्तो निर्णय 



22:06 बिहीबार १२ , जेष्ठ २०७९

दुहबी / दुहबी ८ नं वडामा  नेपाली काङ्ग्रेसबाट वडा अध्यक्षको पदमा निर्वाचित भएका तारिक चन्द्र सरदारले आज जेठ १२ गते पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेसँगै सरदारले तीन वटा महत्त्वपूर्ण निर्णय गरेका छन् ।

दुहबी ८ मा रहेका सामुदायिक विद्यालयका बिद्यार्थीहरुको लागि खाजा खर्च बापत प्रति दिन प्रति विद्यार्थी १५ रुपैयाँको दरले खाजा खर्च दिने दिने बताएका छन् ।

यस्तै, अति विपन्न परिवार पहिचान गरी बिधुत मिटर जडान गर्न नसकिरहेका परिवारहरूलाई मिटर जडान गरिदिने र नेपाल सरकारले लागू गरेको स्वास्थ्य बिमा गर्न नसकिरहेका अति विपन्न परिवारहरूलाई स्वास्थ्य बिमा गरिदिने बताएका छन् ।

Featured News

Advertisement