प्रदेश प्रज्ञा प्रतिष्ठान ऐनका प्रावधानप्रति प्रलेस प्रदेश नम्बर एकको विरोध
इटहरी/ प्रदेश नम्बर एक सरकारले ल्याएको “प्रदेश प्रज्ञा प्रतिष्ठान ऐन – २०७९” मा रहेका प्रावधानप्रति प्रगतिशील लेखक सङ्घ नेपाल (प्रलेस) एक नम्बर प्रदेश कमिटीले विरोध जनाएको छ ।
प्रदेश कमिटिको तर्फबाट अध्यक्ष तिला लेकालीले प्रेस विज्ञप्ती जारी गर्दै विरोध जनाउनु भएको हो ।
ऐनमा रहेका प्रतिष्ठानको कुलपति मुख्यमन्त्री, सहकुलपति संस्कृति मन्त्री र सदस्य सचिव मन्त्रालयको सचिव रहने व्यवस्थाप्रति विज्ञप्तीमार्फत विरोध जनाइएको छ । यस्तो प्रावधानले राजनैतिक हस्तक्षेप र भर्तीकेन्द्र मात्र हुने अध्यक्ष तिला लेकालीको दावी रहेको छ ।
कुलपति लगायत सम्पूर्ण सदस्यहरु सम्बन्धित बिषयका व्यक्तिहरु नै हुनुपर्ने विज्ञप्ती मार्फत माग गरिएको छ ।
प्रदेश सरकारले पारित गरेको ऐन भदौं २७ गते प्रदेश राजपत्रमा प्रकाशित भएसँगै यसले कानुनी मान्यता पाएको छ ।