बुधबार ९, जेष्ठ २०८१ Wed,22 May 2024

सर्वाधिकार सुरक्षित

प्रलेस कोशीद्वारा झमक कुमारी घिमिरे सम्मानित



12:27 मंगलवार २९ , फाल्गुन २०८०

फागुन २९ गते, धनकुटा ।

प्रगतिशील लेखक सङ्घ नेपाल (प्रलेस) कोशी प्रदेश समितिले साहित्यकार झमक कुमारी घिमिरेलाई सम्मान गरेको छ ।
फागुन २७ गते आइतबार धनकुटा स्थित उहाँको निवासमा नै एक विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । प्रलेस केन्द्रीय उपाध्यक्ष नमूना शर्मा, महासचिव डा. देवी क्षेत्री दुलालको विशेष उपस्थिति र छथर गाउँपालिका तेह्रथुमका अध्यक्ष सन्तवीर लिम्बूको प्रमुख आतिथ्यमा झमकलाई सम्मान गरिएको हो ।
झमकले नेपाली साहित्यको क्षेत्रमा पूर्याउँनुभएको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको प्रलेस कोशीकी अध्यक्ष तिला लेकालीले बताउनुभयो ।

Featured News

Advertisement