छथर शुक्रबारेमा साहित्यिक साँझ सम्पन्न
फागुन २९ गते, शुक्रबारे, तेह्रथुम ।
छथर साहित्य समाज तेह्रथुको आयोजनामा शुक्रबारेमा साहित्यिक साँझ सम्पन्न भएको छ । फागुन २६ गते शनिबार शुक्रबारेको चौतारी क्याफेमा साहित्यिक साँझ भएको थियो ।
कार्यक्रममा दुर्गा परियार, डा. देवि पन्थी, तिला लेकाली, रामप्रसाद खरेल, अम्बिका खरेल, नमुना शर्मा, हिमालय पौडेल, केशु विरही, जीवी गजल, केशव रिमाल, ध्रुव एलेक्स, सुष्मा दाहाल, अनन्त अनुराग, यादव भट्टराई लगायत दुई दर्जन स्रष्टाहरुले आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो ।
गजल, मुक्तक, कविताका साथमा तेजेन्द्र गन्दर्वको साङ्गितिक प्रस्तुती पनि रहेको थियो । उक्त साहित्यिक साँझमा तेह्रथुमको साहित्यिक इतिहास पुस्तकका लेखक केशु विरहीलाई सम्मान समेत गरिएको थियो ।
समाजका अध्यक्ष दिनेश थापाको अध्यक्षयतामा भएको साहित्यिक साँझको सञ्चालन कार्यक्रम संयोजक यात्री रोशनले गर्नुभएको थियो । प्रमुख अतिथिमा छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बू रहनुभएको थियो ।






