अन्तर्राष्ट्रिय महिला फुटबल : साम्बाको गोलमा पहिलो हाफमा लेबनानविरुद्ध नेपाललाई अग्रता
इटहरी । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा बिहीबार नेपाल र लेबनानबीच खेल चलिरहेको छ । फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को गोलमा पहिलो हाफमा लेबनानविरुद्ध नेपालले अग्रता बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ जारी रहँदा नेपालले १–० को अग्रता बनाएको हो । खेलको ४२ औं मिनेटमा साम्बाको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको हो । विमला चौधरीको कर्नरमा सविता रानामगरको हेडर लेवनानले क्लियर गरे पनि त्यसकै रिवाउण्डमा साम्बाको प्रहर लेवनानकी फराह टेलरलाई लाग्दै गोलमा परिणत भएको हो ।
खेलको आठौं मिनेटमा क्रिष्टी मलौफको प्रहार नेपालकी गोलरक्षक एञ्जिाल तुम्बो सुब्बाले पन्च गर्दै जोगाइन् । दशौँ मिनेटमा विमला चौधरीको हेडर क्रसबारको माथिबाट आकाशियो । १३औं मिनेटमा लाला स्कन्दरको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो । खेलको पन्धौं मिनेटमा प्रीति राईको प्रहार क्रसबारको माथिबाट बाहिरियो । २२ औं मिनेटमा रेखा पौडेलको ब्याक पासमा सावित्रा भण्डारीको प्रहार सेकेण्ड बारको नजिकबाट बाहिरियो ।








