बुधबार ८, माघ २०८२ Wed,21 Jan 2026

सर्वाधिकार सुरक्षित

उडिसाबाट काँकडभिट्टा हुँदै २० जना विद्यार्थी फर्किए



18:11 शनिबार १० , फाल्गुन २०८१

झापा । भारतको उडिसास्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत २० विद्यार्थी काँकडभिट्टा नाका हुँदै नेपाल फर्किएका छन् । यही फागुन ६ गतेदेखि उक्त नाका हुँदै शनिबार बिहानसम्म २० विद्यार्थी नेपाल फर्किएका जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए । ‘दैनिक एक÷दुई जना फर्किरहेका छन्’, उनले भने, ‘आउनेक्रम जारी छ । आएका विद्यार्थीहरू आफ्नो गन्तव्यतर्फ लागिसकेका छन् ।’

काँकडभिट्टा नाका हुँदै फर्कने विद्यार्थीमा कास्कीको पोखरा–८ का २० वर्षीय सुलभ पौडेल, २० वर्षीय आयुश अधिकारी, काठमाडौं–१० का २१ वर्षीय समिम पौडेल, ललितपुरको महालक्ष्मी–४ का २० वर्षीय आकाश साह, काठमाडौं–१३ का २० वर्षीय पुयुश साह, काठमाडौंको गोकर्णेश्वर–७ का २० वर्षीय विकेश श्रेष्ठ छन् । यस्तै, सप्तरीको राजविराज–२ की २० वर्षीया आरती रोही, २१ वर्षीया सालिमी दास, २० वर्षीय रिसक सिंह, २० वर्षीय आयुस राज, २० वर्षीय प्रजित यादव, २० वर्षीय राकेस साह, २१ वर्षीय क्रिस दास, २० वर्षीय नवीन मण्डल छन् ।

यसैगरी, सुनसरीको इनरुवा–१ का २१ वर्षीय ओमप्रसाद पोदार, मोरङको विराटनगर–१२ का २१ वर्षीय आदित्य मिश्र, सप्तरीको भारदह–२ का २२ वर्षीय केशव गोहिबार, काठामाडौंका २३ वर्षीय शुभम् केसी, मकवानपुरको हेटौँडा–२ का २३ वर्षीय रिसभ झा र महोत्तरको जलेश्वर–१२ का १८ वर्षीया आरुसी सिंह रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

Featured News

Advertisement