शुक्रबार २१, बैशाख २०८१ Fri,03 May 2024

सर्वाधिकार सुरक्षित

कोशीका प्रतिनिधि बालकथाको विमोचन



12:49 मंगलवार २९ , फाल्गुन २०८०

फागुन २९ गते, छथर तेह्रथुम ।

प्रगतिशील लेखक सङ्घ नेपाल (प्रलेस) कोशी प्रदेश समितिले प्रकाशन गरेको “कोशीका प्रतिनिधि बालकथा” सङ्ग्रहको फागुन २६ गते शनिबार तेह्रथुमको छथर गाउँपालिकाको सभाहलमा बिमोचन गरिएको छ । 
प्रलेस कोशी प्रदेशको आयोजना र छथर साहित्यिक समाजको सहआयोजनामा गरिएको पुस्तक विमोचन, रचना वाचन तथा सम्मान कार्यक्रममा यसको विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बू लगायत विशेष अतिथिहरुले संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।
विमोचित पुस्तकमा कोशी प्रदेशका ३१ जना कथाकारहरुका बालकथाहरु समाविष्ट रहेका छन् । तिला लेकाली, रामप्रसाद खरेल, कविता केसरी, विदुर सुवेदी र दिलिप घिमिरेको सम्पादन रहेको यस पुस्तकको समिक्षक हरि बरालले समिक्षा गर्नुभएको थियो । 

कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाका ३० कविहरुले आफ्नो कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा प्रलेस कोशीको तर्फबाट गाउँपालिकाको पुस्तकालय र छथर साहित्यिक समाजको पुस्तकालयलाई दश-दश हजार मूल्य बराबरका पुस्तकहरु हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमको सहयोग र व्यस्थापन छथर गाउँपालिकाले गरेको हो । 
प्रलेस कोशी प्रदेशकी अध्यक्ष तिला लेकालीको अध्यक्षयता भएको कार्यक्रममा प्रलेस उपाध्यक्ष दिनेश थापाले स्वागत मन्तव्य गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रलेस उपाध्यक्ष रामप्रसाद खरेलले गर्नुभएको थियो ।

Featured News

Advertisement