बुधबार ३०, माघ २०८१ Wed,12 Feb 2025

सर्वाधिकार सुरक्षित

छथर गाउँपालिकामा पुस्तकालयको उद्घाटन



11:42 मंगलवार २९ , फाल्गुन २०८०

फागुन २९ गते, छथर तेह्रथुम ।

तेह्रथुमको छथर गाउँपालिकाले आफ्नो मातहतमा रहने गरी पुस्तकालयको स्थापना गरेको छ । पालिकाको शिक्षा विभागको भवनमा फागुन २६ गते शनिवार कोशी प्रदेशका शिक्षक, लेखक, कवि तथा पत्रकारहरुको उपस्थितिमा पुस्तकालयको उद्घाटन गरेको हो ।
समाजमा पठन संस्कृतिको विकास र व्यक्तित्व विकासको लागि पुस्तकालयको स्थापना गरिएको छथर पालिकाका अध्यक्ष सन्तवीर लिम्बूले जानकारी दिनुभयो । हाल थोरै किताब र एउटा कोठाबाट शुरुवात गरिएपनि भविष्यमा यसलाई बृहत वनाउने योजना रहेको उहाँको भनाई थियो । पालिकाको नयाँ वन्ने भवनमा पुस्तकालयको लागि छुट्टै स्थान रहने लिम्बूको भनाई रहेको छ ।
पुस्तकालयकबाट पुस्तकहरु स्थानीयले नियम अनुसार घरमै लगेर पनि अध्ययन गर्न सक्ने पालिकाले व्यवस्था गरेको छ ।

Featured News

Advertisement