ज्ञानेन्द्र राजा बन्न लायक छैनन्, बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ : देउवा
18:13
आईतवार
९ ,
चैत्र
२०८१
NepalBit
282
इटहरी । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको दाबी गरेका छन्। पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक व्यक्ति नभएको र हुन नसक्ने समेत बताएका छन् ।
उनले भने, ‘ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक मान्छे पनि होइनन् । बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ, पूर्वराजाले राजनीति नै गर्नुछ भने पार्टी खोलेर गरे भइहाल्यो नि । तर, त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन् । राप्रपाले पनि दुःख पाउँछ ।’ उनले कुनै पनि हालतमा राजतन्त्र नफिर्कने भन्दै गणतन्त्रको पक्षमा एकताबद्ध भएर लाग्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए ।






