रविलाई रुपन्देही पुर्याइयाे
09:55
शनिबार
२२ ,
चैत्र
२०८१
NepalBit
388
इटहरी । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा दोस्रोपटक पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार बिहान रुपन्देही (भैरहवा) लगिएको छ।
धरौटीमा छाड्ने रुपन्देही जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार थुनामै पठाउन आदेश दिएपछि त्यही राति निवासबाटै पक्राउ गरिएका पूर्वगृहमन्त्री लामिछानेलाई आज बिहानै रुपन्देही जिल्ला प्रहरी कार्यालय लगिएको हो।






