शनिबार २६, बैशाख २०८३ Sat,09 May 2026

सर्वाधिकार सुरक्षित

भारतमा अहिलेसम्मकै सबैभन्दा बढी सङ्क्रमित



14:40 शुक्रबार ९ , जेष्ठ २०७७

नयाँदिल्ली, जेठ ९ गते ।

 भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८८ जना सङ्क्रमित भेटिएका हुन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार योसहित भारतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक लाख १८ हजार ४४७ पुगेको छ ।

त्यसैगरी, भारतमा विगत २४ घण्टामा १४८ जनाको मृत्यु भएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ३ हजार ५८३ जनाको मृत्यु भएको पनि अधिकारीहरूले जनाएका छन् ।

रासस–एएनआई

Featured News

Advertisement