झापामा खाजा खाइरहेका बेला चट्याङ लागेर घटनास्थलमै मृत्यु
21:16
बिहीबार
२७ ,
चैत्र
२०८१
NepalBit
313
झापा । झापामा चट्याङ लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। चट्याङ लागेर पाँचथर मिक्लाजुङ गाउँपालिका–३ आरुभोटे स्थायी घर भई हालः झापा गौरादह नगरपालिका–५ बालुबथान बस्ने ५४ वर्षीय दूधकुमार लावतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
स्थानीय गोमनाथ चेम्जुङको खेती अधिया गरी बस्दै आएका लावतीलाई आज बिहान ७ बजे भान्सा कोठामा खाजा खाने क्रममा चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापश्चात् इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय गौरादहको टोली शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको जनाएको छ।






