शुक्रबार १८, बैशाख २०८३ Fri,01 May 2026

सर्वाधिकार सुरक्षित

शिक्षक आन्दोलनबारे प्रधानमन्त्रीले भने : आफ्नो मात्र हित हेरेर समस्या समाधान हुँदैन



20:12 शुक्रबार २८ , चैत्र २०८१

इटहरी ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न तयार रहेको बताएका छन् । आज (शुक्रबार) बुटवलमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै शिक्षकहरुले प्रदर्शन गर्न आवश्यक नभएको बताएका छन् ।

शिक्षकहरूले आफ्ना मात्रै इन्ट्रेस हेरेर नहुने भन्दै राष्ट्रिय हित कसरी हुन्छ राष्ट्रको क्षमता के छ ? त्यो पनि बुझ्नुपर्ने उनको भनाइ छ । ‘समस्याहरू छन्, तर सडक प्रदर्शनमा जानु पर्थेन,’ ओलीले भने, ‘शिक्षकहरूले आफ्नो हित मात्रै हेरेर हुन्न, राष्ट्रको हित र आर्थिक अवस्था पनि हेर्नुपर्छ, भावनामा बगेर समाधान हुँदैन ।’ प्रधानमन्त्रीले उपयुक्त शिक्षा ऐन छिटै ल्याउने बताए । अस्थिरता दोहोरिन नदिन र देश बनाउन कांग्रेस र एमाले मिलेर सरकार बनाएको दावी गरेका ओलीले वर्तमान सरकार कसैले चाहँदैमा नढल्ने बताए ।

प्रधानमन्त्री ओलीले आफू र नेकपा एमालेलाई बद्नाम गर्न सामाजिक सञ्जालमार्फत अफवाह फैलाइएको दावी गर्दै त्यस्ता भ्रम तोड्न सक्रिय हुन कार्यकर्तालाई निर्देशन दिए । उनले सबै अफवाहहरूको जवाफ मिसन ८४ ले दिने दावी गरे। ‘अफवाह फैलाउन लेख्ने, प्रचार गर्ने, नक्कली भिडियो बनाउने, एआईको प्रयोग गरेर बद्नाम गर्ने प्रयास भइरहेको छ,’ ओलीले भने, ‘अलोकप्रिय भयो भनेर कुप्रचार र हल्ला गरेका छन्, यी सबै विषयमा अहिले धेरै बोल्न चाहन्न, सबै कुराको जवाफ मिसन ८४ ले दिन्छौं ।’ प्रधानमन्त्री ओलीले संविधान बनेपछि देश विकासको मार्गमा अघि बढेको बताउँदै वर्तमान सरकार त्यसै मार्गलाई अझ तीव्र बनाउने दिशामा केन्द्रित रहेको बताए ।

Featured News

Advertisement