बिहीबार २१, फाल्गुन २०८२ Thu,05 Mar 2026

सर्वाधिकार सुरक्षित

सर्वोच्चले जिल्ला अदालतबाट पनि झिकायो रवि लामिछानेका सबै कागजात



18:36 मंगलवार २ , बैशाख २०८२

काठमाडाैं । सर्वोच्च अदालतले सहकारी ठगी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेको मुद्दामा जिल्ला अदालत रुपन्देहीको मिसिलमा संलग्न सम्पूर्ण कागजातसमेत झिकाएको छ।

सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले आइतबार प्रारम्भिक सुनुवाइ सकेपछि उच्च अदालतले थुनामा पठाउने आदेशको निर्णय लिँदाको आधारसहितको कैफियत प्रतिवेदन मागेको गरेको थियो। सँगै सर्वोच्चले मुद्दाको मिसिलमा संलग्न सबै कागजातको विद्युतीय फाइल तयार पारेर १५ दिनभित्र सफ्टवेयरमा अनिवार्य राख्न र जिल्ला अदालत रुपन्देहीमा पत्राचार गर्न प्रशासनलाई निर्देशन दिएको छ।  

त्यस्तै सर्वोच्चले कैफियत प्रतिवेदन प्राप्त भइसकेपछि पेसीको सूचना महान्यायाधीवक्ताको कार्यालयलाई दिई नियमानुसार गर्न पनि भनेको छ।

उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले चैत २२ गते लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो। उक्त आदेशविरुद्ध सहकारी ठगीका अभियुक्त  लामिछानेको तर्फबाट शुक्रबार सर्वोच्चमा निवेदन दर्ता भएको थियो।  

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका अभियुक्त लामिछाने चैत २२ पक्राउ परेका थिए। उच्च अदालतको आदेशलगत्तै उनलाई प्रहरीले काठमाडौँको बूढानीलकण्ठस्थित घरबाटै पक्राउ गरेको थियो। उनलाई २३ गते विमानमार्फत बुटवल पुर्‍याइएको थियो। २५ गते उनलाई जिल्ला अदालतले थुनुवा पुर्जी दिएर कारागार चलान गरिएको थियो। 

Featured News

Advertisement