सोमबार ३१, जेष्ठ २०७८ Mon,14 Jun 2021

सर्वाधिकार सुरक्षित

पोल्याण्डको राष्ट्रपतिमा आन्द्रेज ड्युडा निर्वाचित



15:21 सोमबार २९ , असार २०७७

असार २९ गते, काठमाडौं ।

पोल्याण्डका सत्तासीन राष्ट्रपति आन्द्रेज डयुडा राष्ट्रपति चुनाबमा आफ्नो प्रतिद्वन्दीलाई झिनो अन्तरले पराजित गर्नुभएको छ । आइतबार आएको चुनाबी परिणाम बमोजिम राष्ट्रपति डयुडाले प्रतिद्वन्दी राफल त्रिजाकोस्कीलाई पराजित गर्नुभएको हो ।
बीबीसीका अनुसार राष्ट्रिय निर्वाचन आयोगले ड्युडाले ५१.२ प्रतिशत मत ल्याएर विजयी हुनुभएको जनाएको छ । सन् १९८९ मा कम्युनिष्ट शासनको अन्त्यपछि पोल्याण्डमा झिनो अन्तरको जित भएको यो पहिलो राष्ट्रपतीय चुनाब हो । यूरोपेली संघसँगको बढ्दै गएको तनाब चुनाबको प्रमुख मुद्दा थियो । डयुडा राष्ट्रवादी ल एण्ड जस्टिस दल नेतृत्वको सोसल कन्जरभेटिभ गठबन्धनको प्रतिनिधित्व गर्नुभएको छ । त्रिजाकोस्की भने सोसल लिबरेल पार्टीको प्रतिनिधित्व गरी वार्सा शहरको मेयर हुनुहुन्थ्यो ।

Featured News

Advertisement