फाइनान्स कम्पनीहरु पनि अब जुर्मुराउन थाले, कुन सबैभन्दा तगडा ?
मंसिर ११ गते, काठमाण्डौं
नेपाल राष्ट्र बैंकबाट ग वर्गको सञ्चालन अनुमति पाएका फाइनान्स कम्पनीहरुले क्रमशः वित्तीय अवस्थामा सुधार ल्याउन थालेका छन् । पहिलो त्रैमासमा विशेष गरी फाइनान्स कम्पनीहरुले जगेडा कोषलाई सुधारेका छन् । यिनीहरुले क्रमशः नाफा पनि वृद्धि गर्दै लगेको देखिन्छ । कोरोना महामारीका बीचमा आएको रिपोर्ट पनि औसतमा राम्रो देखिएको छ ।
समग्र फाइनान्स कम्पनीहरु पनि अब क्रमशः वित्तीय सूचकहरुमा सबल बन्दै बुझ्न सकिन्छ । यसैक्रममा नेप्सेमा सूचीकृत १९ फाइनान्स कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यस अवधिमा सबैभन्दा धेरै चुक्ता पुँजी युनाइटेड फाइनान्सको रहेको छ । सबैभन्दा बढी खुद नाफा कमाउनेमा भने आइसीएफसी फाइनान्स परेको छ । समग्रमा के छ त अवस्था ?
११ फाइनान्सको चुक्ता पुँजी बढ्यो
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा ११ फाइनान्स कम्पनीको चुक्ता पुँजी वृद्धि भएको देखिन्छ । ८ कम्पनीको पुँजी भने गत वर्षकै यथावत रहेको छ । यस अवधिमा सबैभन्दा धेरै चुक्ता पुँजी बढाउनेमा सिर्जना फाइनान्स रहेको छ । यसको पुँजी ६८.७४% ले बढेर ८४ करोड ७८ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।
सबैभन्दा धेरै पुँजी युनाइटेड फाइनान्सको छ । यसको पुँजी २.९९% ले बढेर १ अर्ब ४ करोड ८ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।
१९ वटै फाइनान्सको जगेडा कोष बढ्यो
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा १९ वटै फाइनान्सको जगेडा कोष वृद्धि भएको छ । सबैभन्दा धेरै जगेडा कोष बढाउनेमा सिर्जना फाइनान्स परेको छ ।
यसको जगेडा कोषको आकार ४६८.२९% ले बढेर ८४ करोड ७८ लाख ३८ हजार रुपैयाँ पुगेको छ । यो नै सबैभन्दा धेरै जगेडा कोष भएको कम्पनी पनि हो ।
सबैभन्दा धेरै नाफा कमाउनेमा आइसीएफसी फाइनान्स
असोज मसान्तसम्ममा सबैभन्दा धेरै नाफा कमाउनेमा आइसीएफसी फाइनान्स रहेको छ । यसको नाफा २०६.५०% ले बढेर ९ करोड ३७ लाख २० हजार रुपैयाँ पुगेको छ । ९ फाइनान्स कम्पनीको नाफा बढेको छ ।
सबैभन्दा धेरै नाफा बढाउनेमा सिर्जना फाइनान्स रहेको छ । यसको नाफा ६११.८९% ले बढेर १ करोड ९६ लाख ३४ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा ५ फाइनान्स कम्पनी भने नोक्सानमा छन् ।
९ कम्पनीको प्रतिसेयर आम्दानी वृद्धि
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ फाइनान्स कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ । सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढाउनेमा आइसीएफसी फाइनान्स रहेको छ । यस फाइनान्सको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ३६ पैसाले बढेर ४४ रुपैयाँ २२ पैसा पुगेको छ ।
यो नै सबैभन्दा धेरै प्रतिसेयर आम्दानी भएको फाइनान्स कम्पनी हो । ५ फाइनान्स कम्पनीको प्रतिसेयर आम्दानी भने ऋणात्मक छ । यता, ५ को प्रतिसेयर आम्दानी भने गत वर्षको भन्दा घटेको छ ।
source : nepalipaisa