बराहक्षेत्रमा आर्दश माविको नवनिर्मित भवनको उद्घाटन
मंसिर १३ गते, इटहरी ।
आदर्श मावि बराहक्षेत्र – २ को नवनिर्मित भवनको संघिय सांसद जयकुमार राईले उद्घाटन गर्नुभएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गतको वजेटबाट विधालयको दुइतले भवन निमार्ण गरिएको जनाइएको छ । सुनसरी क्षेत्र नम्बर १ का सांसद राईले २० लाख रुपैयाँ बजेट उपलब्ध गराउनुभएको विधालयका प्रअ प्रल्हाद भट्टराईले जानकारी दिनुभयो ।
प्रअ भट्टराईका अनुसार यस विधालयमा सुनसरी, उदयपुर र भोजपुरको दक्षिणी भेगबाट समेत विधार्थीहरु आउँने गरेका छन् ।
भवनको उद्घाटन गर्दै सांसद राईले भन्नुभयो – “शिक्षा अहिले प्रविधिको युगमा प्रवेश गरिसकेकाले सोही अनुरुप हामीले पनि विकास गर्दै लैजानुपर्छ । सरकारले ग्रामिण भेगमा प्राविधिक र व्यवहारिक शिक्षाको विकास गर्ने योजना कार्यन्वयन गर्न थालिसकेको छ ।”
विधायलय व्यवस्थापन समितिका अध्यक्ष यादव गौतम, प्रदेश सांसद उर्मिला बराइली, बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल, २ नम्बर वडाका अध्यक्ष हरिशरण भट्टराई लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।