बिहीबार २०, बैशाख २०८१ Thu,02 May 2024

सर्वाधिकार सुरक्षित

प्रधानमन्त्रीको कदमप्रति आपतकालिन छलफलमा नेकपाका अध्यक्ष प्रचण्ड , प्रधानमन्त्रीको निर्णय संविधानमाथिको ‘कु’ भएको संविधानविदहरुको धारणा



12:14 आईतवार ५ , पुष २०७७

२०७७ पुस ५ गते, काठमाण्डौँ ।

प्रधानमन्त्रीले संसद विघटनको सिफारिस लिएर राष्ट्रपति समक्ष पुगेपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड सहितका शिर्ष नेताहरु अब पार्टीले लिनसक्ने कदमको बिषयमा आपतकालिन छलफलमा जुटेका छन ।
नेपाली कांग्रेस लगायतका पार्टीहरुले प्रधानमन्त्रीको कदमको विरोध जनाएका छन् । 
संविधानविदहरुले प्रधानमन्त्रीको संसद विघटनको सिफारिसलाई संविधान विरुद्धको ‘कु’ भनेका छन् ।
राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसलाई सदर गरे सर्वोच्चले उल्टाइदिनसक्ने संविधानविदहरुले बताएका छन् । संविधानविद टिकाराम भट्टराईले प्रधानमन्त्रीको कदमलाई संविधानमा माथिको ठूलो सांघातिक हमला भन्नुभएको छ । कानुनविद भिमार्जुन आर्चायले प्रधानमन्त्रीको निर्णयलाई ‘कु’ को संज्ञा दिनुभएको छ ।
 

Featured News

Advertisement