शनिबार ५, जेष्ठ २०८१ Sat,18 May 2024

सर्वाधिकार सुरक्षित

एमालेको १० औं राष्ट्रिय महाधिवेशन २०७८ मंसिरमा



19:09 शुक्रबार २८ , फाल्गुन २०७७

२०७७ फागुन २८ गते, काठमाण्डौं ।

नेकपा (एमाले) ले १० औं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको छ । त्यसकालागि २ सय ६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । कमिटीमा यसअघि एमालेमा रहेका २४१ केन्द्रीय सदस्य तथा पछिल्लो समय नेकपा (माओवादी केन्द्र) परित्याग गरी एमालेमा आउनुभएका २३ जनालाई केन्द्रीय सदस्यमा राखी १० औं महाधिवेशन आयोजक कमिटी विस्तार गरेको छ । आजको बैंठकमा नेपाल पक्षधर कुनै पदाधिकारी तथा केन्द्रिय सदस्यहरुलाई वोलाइएको थिएन ।

बैठकमा सहभागी हुनुभएका केन्द्रीय सदस्य दिपक देवकोटाकाअनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दुई चरणको बैठक सम्पन्न भयो । बैठकले पार्टी अध्यक्ष तथा महासचिव बाहेक सबै पदाधिकारीको पद खारेज गरेको छ । बैठकले २०७५ जेठ ३ गतेदेखि २०७७ फागुन २३ गतेसम्मको समयलाई शुन्य समयकोरुपमा परिभाषित गरेको नेता देवकोटाले जानकारी दिनुभयो ।

केन्द्रीय सदस्य देवकोटाकाअनुसार एमालेको नवौ महाधिवेशनपछि बसेको नवौ बैठकले २४१ सदस्यीय केन्द्रीय कमिटी कायम गरेको थियो । आज बसेको दशौं बैठकले २३ जना थप गरी २६४ पु¥याएको छ ।

आजको बैठकले अवको ६ महिना भित्र जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरेको छ । केन्द्रीय सदस्य देवकोटाकाअनुसार आजको बैठकले विधानको दफा ६५ (३) खारेज गरी उमेर हदको व्यवस्थालाई फुकुवा गरेको छ । यसअघि सो दफामा ७० वर्ष उमेर पुगेकाले राजनीतिबाट अवकास लिने व्यवस्था थियो । अहिले त्यो व्यवस्था खारेज गरिएको नेता देवकोटाले बताउनुभयो ।

आज १० औं र ११ औं बैठक सम्पन्न भएको र १२ औं बैठक चैत ७ गतेका लागि आव्हान भएको नेता देवकोटाले जानकारी दिनुभयो । ७ गतेको बैठकमा माधवकुमार नेपाल पक्षका सबै केन्द्रीय सदस्यहरुलाई पनि जानकारी गराउने निर्णय बैठकले गरेको केन्द्रीय सदस्य देवकोटाले जानकारी दिनुभयो । उहाँकाअनुसार १० औं महाधिवेशनको मिति तय भएपनि स्थान अझै तय भएको छैन । बैठकले आगामी असार मसान्तभित्र पार्टीका सबै सदस्यता नविकरण गरी अध्यावधिक गरिसक्ने निर्णय पनि गरेको छ ।

Featured News

Advertisement