शनिबार २६, बैशाख २०८३ Sat,09 May 2026

सर्वाधिकार सुरक्षित

राष्ट्रियसभा सदस्य पदका लागि हेटौंडामा मतदान सुरु



09:40 बिहीबार ६ , जेष्ठ २०७८

२०७८ जेठ ६ गते, हेटौडा ।

राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशस्तरीय उपनिर्वाचन अन्तर्गत मतदान सुरु भएको छ ।
राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि रामबहादुर थापा ‘बादल’, डा। खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ उम्मेदवार रहनुभएको छ ।
बादल एमालेका उम्मेदवार हो भने देवकोटा एमालेकै खनाल–नेपाल पक्षसहित काँग्रेस, माओवादी केन्द्रसहितका दलका साझा उम्मेदवार रहनुभएको छ । तामाङ भने नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार वन्नुभएको हो।
प्रदेशसभा सदस्य, स्थानीय तहका प्रतिनिधि र कोभिड संक्रमित मतदाताका लागि छुट्टाछुट्टै मतदानको व्यवस्था मिलाइएको छ ।
दिउँसो ३ बजेसम्म मतदानको समय छुट्याइएको छ । मतगणना आजै साँझ हुने जनाइएको छ ।

Featured News

Advertisement