शनिबार २६, बैशाख २०८३ Sat,09 May 2026

सर्वाधिकार सुरक्षित

माओवादीको निष्कर्ष : सीसीएमसी खारेज, सर्वपक्षीय संयन्त्र निर्माण



16:36 बिहीबार ६ , जेष्ठ २०७८

२०७८ जेठ  ६ गते, काठमाण्डौं ।

नेकपा माओवादी केन्द्रले कोरोना महामारी रोकथाम, उपचार तथा नियन्त्रणका निम्ति छुट्टै संयन्त्र बनाउने भएको छ । पार्टीको स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा संयन्त्र निर्माण गर्ने निर्णय गरेको हो ।

यो संयन्त्र प्रदेश, जिल्लादेखि स्थानीय तहसम्म निर्माण हुने स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले बताउनुभयो । 
 माओवादी केन्द्रले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को खारेज गर्नुपर्ने माग राख्ने पनि निर्णय गरेको छ  ।
सीसीएमसीले महामारी रोकथाममा काम गर्न नसकेकाले माओवादी केन्द्रले सर्वपक्षीय संयन्त्र निर्माण गर्ने निर्णय पनि गरेको छ । सर्वपक्षीय संयन्त्रमा दलहरु, सरोकारवाला लगायत हुनेछन् । साथै महामारी रोकथामका लागि माओवादी केन्द्रले कोष समेत निर्माण गर्ने भएको छ । केन्द्रीय कोष बनाएर महामारी रोकथाममा सक्रिय हुने बैठकले निर्णय गरेको छ ।

माओवादीले सरकार कुटनैतिक पहलकदमीमा पनि असफल भएको निष्कर्ष निकालेको छ । महामारी रोकथाम तथा उपचारका निम्ति कूटनीतिक पहल लिन नसकेकाले माओवादी केन्द्रले यसतर्फ पनि पहल गर्ने भएको छ । सँगै, कृषि उत्पादनलाई बजारसम्म लैजाने र जनजीवनलाई सहज बनाउन पार्टी पंक्ति परिचालित हुने भएको छ । 

आफ्नै पार्टी कोषबाट अक्सिजन प्लान्ट निर्माणको पहल पनि गर्ने माओवादीले निर्णय गरेको छ । त्यसका लागि स्थानीय तहमा आफ्नो तर्फबाट निर्वाचित जनप्रतिनिधिको सहयोग र परिचालन गरिने भएको छ । 
निर्णयहरु भोलि शुक्रबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने जनाइएको छ ।

onlinekhabar

Featured News

Advertisement