आईतवार ३०, भाद्र २०८१ Sun,15 Sep 2024

सर्वाधिकार सुरक्षित

शेयर बजारमा आजसम्मकै उच्च रकमको कारोबार, १७ अर्ब नाघ्यो कारोबार रकम



17:22 आईतवार १६ , जेष्ठ २०७८

२०७८ जेठ १६ गते, इटहरी ।

शेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेशसँगै उत्साह वढ्दै जाँदा नयाँ रेकर्डहरु पनि वन्न थालेका छन् । यो साताको पहिलो कारोबार दिन आज हालसम्मकै धेरै १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २४५ रकमको कारोबार भएको छ । 
यस अघि गत साताको अन्तिम कारोबार दिनमा १४ अर्ब प्लसको कारोबार भएको थियो ।
कारोबारमा बृद्धि हुँदा नेप्से परिसूचक पनि १२.५४ ले वढेर २८२७.९३ अंकमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्सको तथ्याङ्क अनुसार आज जम्मा २१९ कम्पनीका ४२ करोड ६३ लाख ६ हजार ३४८ कित्ता सेयर कारोबार भएको छ ।
सबै इन्डेक्समा पनि बृद्धि भएको छ । उपसमूह अन्र्तगत ट्रेडिङ, हाइड्रोपावर, म्यानुफ्याक्चरिङ, अन्य, माइक्रोफाइनान्स र इन्भेष्टमेन्टमा भने रातो लागेको छ ।
ऋाज १३ कम्पनीहरुको शेयरमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ज्योति विकास बैंक, घलेम्दी हाइड्रो, आँखुखोला जलविद्युत, गुडविल फाइनान्स, लुम्बिनी विकास बैंक, शाइन डेभलप्पमेन्ट बैंक, सोल्टी होटल, आरियन्टल होटल, खानीखोला हाइड्रो, जोशी हाइड्रो लगायतका कम्पनीहरुमा सकारात्मक सर्किट लागेको हो ।
आजको बजार सम्बन्धि विवरण :


 

Featured News

Advertisement