आईतवार २०, बैशाख २०८३ Sun,03 May 2026

सर्वाधिकार सुरक्षित

बिग ब्यास लिग छोडेर सन्दीप बंगलादेशमा, खेलको बिचमै युएई पनि जाने



01:32 शुक्रबार २० , पुष २०७५

अन्तर्राष्ट्रिय टी-२० क्रिकेट लिगमा व्यस्त रहेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको बिग ब्यास लिग बीचमै छाडेर बंगलादेश आएका छन्।

आफ्नो पूर्व प्रतिवद्धता अनुसार सन्दिप अष्ट्रेलियाबाट बंगलादेश आएका हुन्।

ढाकामा आगामी शनिबारदेखि सुरू हुने बंगलादेश प्रिमियर लिग (बिपिएल) मा उनलाई सिल्हेट सिक्सर्सबाट खेल्न आएका हुन्।

अष्ट्रेलियामा जारी बिग ब्यासभन्दा अगाडि नै बिपीएलमा अनुबन्ध भइसकेका उनी आफ्नो प्रतिवद्धता अनुसार अष्ट्रलिया छोडेर ढाका लागेका हुन्।

बिपीएलमा सन्दीपको टिममा डेभिड वार्नरसहित सोहल तन्भीर, सबिर रहमान, मोहम्मद इरफान, एन्ड्रे फ्लेचर जस्ता खेलाडीहरू छन्।

सन्दीपको टिम सिल्हेट सिक्सर्सले आफ्नो पहिलो खेल ६ जनवरीमा खेल्नेछ।

एक महिनासम्म चल्ने लिगमा उनको टिमको अन्तिम ग्रुप म्याच फेब्रुअरी १ मा छ। फाइनल म्याच फेब्रुअरी ८ मा छ।

बिपिएलको लाइभ यसरी हेर्न सकिन्छ

भारत- सोनी सिक्स

पाकिस्तान- जियो सुपर, जियो टिभी

बंगलादेश- गाजी टिभि, मासरांगा टिभी

क्यारेबियन- स्पोर्टस् म्याक्स

अमेरिका- विलो एक्ट्रा (हाइलाइट्स मात्र)

बेलायत- फ्रि स्फोर्टस्

यता बिग ब्यासमा ४ खेलबाट ८ विकेट लिँदै सनसनी मच्चाएका लामिछानेले आफू खेल छोडेर बिचमै बंगलादेश गए पनि टोलीको अन्तिम लिग म्याच खेल्न पुनः अस्ट्रेलिया आइपुग्ने बताएका छन्। ‘चार खेलमा मैले सक्दो राम्रो खेल प्रर्दशन गरेँ। अब बंगलादेश लिगमा पनि सोही प्रर्दशन दोहोर्‍याउने छु, त्यसपछि बिबिएलको अन्तिम लिग तिर अष्ट्रेलिया आउनेछु’ सन्दिपले सेतोपाटीसँग भने।

जारी बिग ब्यासमा सन्दीपले चार खेलबाट आठ विकेट लिइसकेका छन्। बिग ब्यासको समूह चरणको अन्तिम खेल फेब्रुअरी १८ सम्म चल्ने बिबिएलको समूह चरणको अन्तिम खेल फेब्रुअरी १० सम्म चल्नेछ।

यसैबीच नेपाललले युएईसँग खेल्ने अन्तर्राष्ट्रिय सिरिजका लागि सन्दीप जनवरी चौथो साता युएई जानेछन्।

नेपाल र युएई बिच समान ३ ओडीआई र ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय सिरीज हुँदैछ।

पहिलो ओडीआई खेल जनवरी २५ मा खेल्ने छ भने दोस्रफ जनवरी २६ तथा तेस्रो एकदिवसीय खेल जनवरी २८ मा खेल्नेछ।

त्यस्तै नेपालले जनवरी ३१, फेब्रुअरी १ र फेब्रुअरी ३ मा गरेर तीन ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल युएईमा खेल्नेछ। त्यसपछि उनी बंगलादेश जाने कि अष्ट्रेलिया जाने टुंगो भइनसकेको सन्दीपको ब्यवस्थापन हेर्दै आएका नेपाली टोलीका टेक्निकल म्यानेजर रमन शिवाकोटीले जानकारी दिए।

Featured News

Advertisement