शुक्रबार १६, चैत्र २०८० Fri,29 Mar 2024

सर्वाधिकार सुरक्षित

नेपालगञ्जका क्यासिनोमा निर्वाधरुपमा नेपालीलाई प्रवेश, सात जना पक्राउ



12:06 सोमबार २३ , जेष्ठ २०७९

बाँके / बाँकेको नेपालगञ्जस्थित धम्बोजीचोकमा रहेको होटल सिटी प्यालेसभित्र सञ्चालित सिटी इ गेमिङ क्लब क्यासिनोबाट सात नेपाली पक्राउ परेका छन् ।    जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उक्त क्यासिनोबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । 

न्यौपानेका अनुसार पक्राउ पर्नेमा मनोज विक, विपिनसिंह बडुवाल, गणेश शर्मा, सुलभ कार्की, विक्रम क्षेत्री, आकाश सिंह र मोहित शाह छन् । उनले क्यासिनोभित्र प्रवेश गरी धम्क्याउने गरेको उजुरी आएकाले उनीहरूलाई पक्राउ गरिएको उल्लेख गर् । 

पक्राउ परेकालाई कानुनी कारबाही गर्ने वा के गर्ने भन्ने विषयमा छलफल चलिरहेको जनाइएको छ । क्यासिनोमा विदेशी बाहेक नेपालीलाई प्रवेश निषेध गरिएको छ तर नेपालगञ्जका क्यासिनोले निर्वाधरुपमा नेपालीलाई प्रवेश दिइएको बताइएको छ । 

                                                                                                                                                                                                                                                     रासस

Featured News

Advertisement