सोमबार १८, मंसिर २०८० Mon,04 Dec 2023

सर्वाधिकार सुरक्षित

दुहबी नगरपालिका वडा न ८ को वडा कार्यालय भबन उद्घाटन सम्पन्न



20:51 सोमबार २३ , जेष्ठ २०७९

दुहबी / दुहबी नगरपालिको वडा नं ८ को वडा कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । दुहबी नगरपालिकाका नगर  प्रमुख बेद नारायण गच्छदारबाट वडा कार्यालयको भबन समुद्घाटन भएको हो । 

कार्यक्रममा दुहबी नगरपालिकाकी उपमेयर मेनुका खतिवडा , विभिन्न पार्टिका प्रतिनिधि , सङ्घ संस्थाका प्रमुखहरू, स्थानीय समाजसेवी लगायतको उपस्थितिमा सम्पन्न भएको हो । दुहबी नगरपालिकाको १२ वटै वार्ड मध्य वडा कार्यालयको आफ्नै भवन बनाउने ८ नं पहिलो वडा हो ।  

कार्यक्रममा बोल्दै वडा अध्यक्ष तारिकचन्द्र सरदारले वडा वासीको हितको लागि ५ वर्ष सम्म इमान्दार भएर काम गर्ने  र दुहबी ८ नं वार्डलाई यौटा नमुना वार्डको रूपमा विकास गरेर लैजाने बताए ।

Featured News

Advertisement