सोमबार १८, मंसिर २०८० Mon,04 Dec 2023

सर्वाधिकार सुरक्षित

आज घटस्थापना, बडादशैँ प्रारम्भ



09:37 सोमबार १० , आश्विन २०७९

काठमाडौँ / नेपालीको महान् चाड बडादशैँ सोमबारदेखि सुरु भएको छ । पहिलो दिन असोज शुक्ल प्रतिपदामा जमरा राखी घटस्थापना गरिँदै छ । 

पूजाकोठा वा दशैँघरमा रातोमाटोले लिपेर चोखो र शुद्ध पारिन्छ । दियो, कलश र गणेश स्थापना गरी चिसो बालुवामा जौ छरेर जमरा राखिन्छ । यस दिनबाट नवरात्र मेला पनि सुरु हुन्छ । नौ दिनसम्म विभिन्न शक्तिपीठमा पूजाअर्चना, दुर्गा स्तोत्र र चण्डीपाठ परायण गरी दुर्गा भवानीको आराधना गर्ने गरिन्छ । शैलपुत्री, ब्रह्मचारिणी र चन्द्रघण्टा, कुष्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको उपासना गरिन्छ ।

उपत्यकाको भद्रकाली, गुह्येश्वरी, नरदेवी, मैतीदेवी, नक्साल भगवतीलगायतका शक्तिपीठमा देवीको उपासना गरिन्छ । त्यस्तै हेटौँडाको भुटनदेवी, काभ्रोको उग्रचण्डी, ललितपुरको पूर्णचण्डी, गोरखाको मनकामना, बाँकेको वागेश्वरीलगायतका देवीपीठमा उपासना गरिन्छ ।

source : gorkhapatra

Featured News

Advertisement