शनिबार २९, भाद्र २०८१ Sat,14 Sep 2024

सर्वाधिकार सुरक्षित

धरान पानबारीमा निःशुल्क आँखा शिविर सम्पन्न



20:27 सोमबार २९ , फाल्गुन २०७९

मोहन श्रेष्ठ
फागुन २९ गते, धरान ।
श्री कृष्ण प्रणामी युवा परिषद् र श्री कृष्ण प्रणामी यूवा समाज धरानको संयुक्त आयोजनामा धारन पानवारीमा हिजो शनिवार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । सूर्य आई कियर धरान १२ को प्रविधिक सहयोगमा शिविर सञ्चालन भएको थियो ।
शिविरमा दृष्टी जाँच, चस्मा परिक्षण, मोतियाविन्दु, जल विन्दु एवं आँखा सम्बन्धि सम्पूणर् जाँच गरिको थियो । सहभागीहरुको सुँगर प्रेसर जाँच, एवं आवश्यक औषधि समेत वितरण गरिएको श्री कृष्ण प्रणामी युवा परिषद् धरानका अध्यक्ष गौरव आचार्यले जानकारी दिनुभयो ।
शिविरमा १ सय २७ जनाले आँखा परिक्षण गरेका थिए । जाँच गरिएका विरामी मध्ये १३ जनामा मोतिया विन्दु, २७ जनाले चस्मा लगाउनु पर्ने, ३४ जनाको पुनः चेक जाँच गर्नुपर्ने, १३ जनामा कमजोर दृष्टी, आँखाको प्रेसर एवं एक्सरे गर्नुपर्ने १२, सर्जरी गर्नुपर्ने ७ जना भएको श्री कृष्ण प्रणामी युवा परिषद् धरानका अध्यक्ष शैलेश आचार्यले जानकारी दिनुभयो ।


सामान्यतया ४० वर्ष माथिकाहरुमा आँखा सम्बन्धि समस्या देखिएता पनि मोवाईलका कारण साना साना नानीहरुमा पनि आँखा सम्बन्धि समस्या पाईएको सूर्य आई कियर धरानकी वरिष्ठ आँखा रोग विषशज्ञ डा. ईच्छा जोशी सोनीले वताउनुभयो ।

Featured News

Advertisement