चिसो बढेपछि नेपालगन्जका शैक्षिक संस्था ३ दिनका लागि बन्द
09:50
बुधबार
९ ,
माघ
२०८१
NepalBit
202
बाँके । चिसो बढेपछि बाँकेको नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ। आजदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो।नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार मौसम प्रतिकूलताका कारण शीतकालीन बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको छ।
शीतलहरले विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिइएको उनले बताए। अभिभावकले पनि बिदाका निम्ति अनौपचारिक रुपमा विद्यालयका साथै पालिकामा अनुरोध गर्दै आएका थिए।








