अमेरिकाको लस एन्जलसमा फेरि फैलियो डढेलो, हजारौँ मानिस सारियो सुरक्षित स्थानमा
08:20
बिहीबार
१० ,
माघ
२०८१
NepalBit
266
एजेन्सी । अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जलसमा फेरि डढेलो लागेको छ।हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।अहिले आगलागी भएको क्षेत्र सहरबाट ४५ माइल टाढा छ।बीबीसीका अनुसार यो आगलागी कास्टेइक तालनजिकैको पहाडी क्षेत्रमा भएको हो। जुननजिकै धेरै आवासीय क्षेत्र र विद्यालय छन्।
आगोको ज्वालाले ८ हजार एकडभन्दा बढी क्षेत्रफललाई ध्वस्त पारेको छ। यो आगो बढाउन तीव्र हावा र सुक्खा झाडीहरूले इन्धनको काम गरिरहेका छन्।यस आगलागीबाट अहिलेसम्म कुनै पनि घरमा क्षति नभए पनि करिब १९ हजार बासिन्दा उक्त क्षेत्र छोड्न बाध्य भएका छन्।
अमेरिकाको क्यालिफोर्नियाका अग्निनियन्त्रकले अझै पनि जंगलमा लागेको आगो निभाउने प्रयास गरिरहेका छन्।आगलागी भएको एक हप्ताभन्दा बढी भइसक्यो।यसमा धेरै मानिसका आलिशान भवन ध्वस्त भए भने २५ जनाको मृत्यु भइसकेको छ।








