मनाङेको सपथ तत्कालका लागि टर्यो
14:33
आईतवार
२२ ,
पुष
२०७५
NepalBit
1119
मनाङको प्रदेशसभा क्षेत्र ‘ख’ बाट निर्वाचित राजिव गुरुङ ‘दीपक मनाङे’ को सपथ तत्काल नहुने भएको छ।
आइतबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी प्रमुख दलका नेताहरूले कानूनी अड्चनका कारण गुरुङलाई सपथ खुवाउन नहुने धारणा राखेका थिए।
ज्यान मार्ने उद्योगमा मुद्दा खेपेका गुरुङलाई सपथ खुवाउन स्पष्ट कानुन अभाव देखिएको भन्दै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सपथ रोकेका हुन्।
गुरुङले पुस १२ गते आफूलाई प्रदेशसभा सदस्यको सपथ खुवाउन माग गर्दै सभामुख कार्यालयमा निवेदन दिएका थिए।
कानुनी बाधा सल्टिए सपथ खुवाउन सकिने कार्यव्यवस्था समितिको बैठकका सहभागीले धारणा राखेका थिए।








