जुम्लामा डढेलो निभाउन गएका ८१ वर्षीय वृद्धको आगोमा जलेर मृत्यु
11:31
सोमबार
१४ ,
माघ
२०८१
NepalBit
309
जुम्ला । जुम्लामा वनमा लागेको डढेलो निभाउने क्रममा एक वृद्धको मृत्यु भएको छ। सिञ्जा गाउँपालिका-१ का ८१ वर्षीय भद्दे रावलको डढेलोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
घर नजिकैको रुपाकोट सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा आगोमा परेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक क्षेदिलाल कामतीले जानकारी दिए।






