शनिबार २६, बैशाख २०८३ Sat,09 May 2026

सर्वाधिकार सुरक्षित

सिकागोको एक अस्पतालमा अन्धाधुन्ध गोली प्रहार



21:40 आईतवार २२ , पुष २०७५

अमेरिकाको सिकागोस्थित एक अस्पतालमा अन्धाधुन्ध गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ । सिकागोको मर्सी अस्पतालमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका हुन् ।

गोली प्रहारबाट अस्पतालका दुई महिला कर्मचारी, एक जना प्रहरी अधिकारी र आक्रमणकारीको मृत्यु भएको हो । प्रहरीसँगको गोली हानाहानमा आक्रमणकारीको मृत्यु भएको बताइएको छ ।

ज्यान गुमाउने दुई महिला मध्ये एक जना डाक्टर तथा अर्की एक पारामेडिकल असिस्टेन्ट रहेको सिकागोका मेयर राहम इम्यानुयलले जानकारी दिएका छन् । घटनामा एक प्रहरी अधिकारी घाइते भएका छन् । आक्रमणकारीले आफू प्रेम सम्बन्धमा रहेकी महिलालाई निशाना बनाएको बताइएको छ ।


तर घटनाको उद्देश्य स्पष्ट नभएको अधिकारीहरुले जनाएका छन् । बन्दुकधारीले अस्पतालको कार पार्किङ स्थलमा फायरिङ थालेपछि कयौं राउन्ड गोली चलाइएको थियो ।साभार ईमेज खबर

Featured News

Advertisement