शनिबार २६, बैशाख २०८३ Sat,09 May 2026

सर्वाधिकार सुरक्षित

क्यालिफोर्नियामा लागेको भीषण डढेलो प्रभावित क्षेत्रमा डोनाल्ड ट्रम्प पुगे



21:42 आईतवार २२ , पुष २०७५

अमेरिकी इतिहासकै सबैभन्दा भीषण भनिएको डढेलोले निम्त्याएको विनाशको आकलन गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प क्यालिफोर्निया पुगेका छन्।

क्याम्प फायर नामक डढेलोका कारण कम्तीमा ७१ जनाको ज्यान गइसकेको छ। एक हजारभन्दा बढी मानिस हराइरहेका छन् र अधिकारीहरूले त्यो सङ्ख्या बढ्न सक्ने बताएका छन्।

प्याराडाइज नगरमा बोल्दै राष्ट्रपति ट्रम्पले त्यस्तो दृश्य देख्न पाउँदा दुःख लागेको बताए। जङ्गलको कमजोर व्यवस्थापनका कारण यस्तो विपद्‌ निम्तिएको भनी आफ्नो दावीलाई ट्रम्पले दोहोर्‍याए।


उनले भने, हामीले हाम्रो व्यवस्थापनमा सुधार ल्याउनुपर्ने छ र वातावरण संरक्षणवादी समूहहरूसँग मिलेर काम गर्नेछौँ, यो डढेलो सबैले हेरेको हुनुपर्छ। मलाई लाग्छ यो हदसम्म विनाश अब हामीले फेरि हेर्नुपर्ने छैन।

विज्ञहरूले मौसम, जलवायु परिवर्तन लगायतलाई डढेलोको प्रमुख कारण ठहर्‍याएका छन्। प्याराडाइज नगरमा ट्रम्पले कानून कार्यान्वयन गराउने स्थानीय निकाय, राजनीतिज्ञ र खोजी कार्यमा संलग्नहरूको प्रशंसा गरे।

उनले भने, यो हेर्नुपर्दा निकै दुःख लागेको छ। अहिले हामीले नराम्ररी घाइते भएका मानिसहरूको हेरचार गर्न चाहेका छौँ। प्याराडाइज नगरमा थप शवहरू भेटिएपछि डढेलोमा परी ज्यान गुमाउनेको शुक्रवार ७१ पुगेको छ ।

Featured News

Advertisement