हामीले स्वादमा जे छ त्यही दिने हो, स्वादको कुरामा कुनै शंका छैन
प्रेम तुम्बापो लिम्बू एक सफल यूवा व्यवसायी हुनुहुन्छ । टीनएजरदेखि नै व्यवसायमा हात हाल्नुभएका प्रेमले केही बर्ष उत्पादनको क्षेत्रमा काम गर्नुभयो । केही समय जागिर पनि खानुभयो ।
एक दशकदेखि इटहरीमा होटल तथा पर्यटनको क्षेत्रमा काम गर्दै आउनुभएको छ । आरटीआरके होटल स्कुल संचालन गर्दै आउनुभएका प्रेमले यसै बर्षबाट चुलो नाम दिएर रेष्टुरेण्ट पनि सञ्चालनमा ल्याउनुभएको छ । चुलोमा बिशेष गरी नेपाली रैथाने खानाहरु पाइने गर्छ ।
वहाँले सञ्चालनमा ल्याउनुभएको चुलो रेष्टुरेण्टमा केन्द्रित रहेर नेपालबिटका संवाददाता अविशेक खतिवडाले चुलो रेष्टुरेण्टका सञ्चालक प्रेम तुम्बापो लिम्बूसँग छोटो कुराकानी गर्नुभएको छ :
१. चुलो रेष्टुरेन्टको अवधारण कसरी आयो ?
चुलो आफैँमा मौलिक नाम छ । विभिन्न संघ–संस्थाहरुले आयोजना गरेका फुड फेस्टिबलहरुमा हाम्रो आरटीआरके होटल स्कुलले पनि सहभागि हुन्थ्यो । त्यतिबेला देखि नै हाम्रो आरटीआरके स्कुलले फ्रेन्च,थाइ,अरेबियन,जापानीज लगायतका थुप्रै क्विजनहरु बनाएर विद्यार्थीहरुलाई सिकाइरहेको हो । त्यसबाट सक्षम र दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । हामीले हाम्रा रैथाने चिजहरुलाई प्रर्वद्धन गर्ने हो भने देशको अर्थतन्त्रमा पनि सहयोग पुयाउन सकिन्छ । यसैले रैथाने खानाहरुको प्रबद्धनको लागि मौलिक नामको रुपमा रेष्टुरेन्टको नाम चुलो जुर्यो ।
त्यसैगरी हातमा सर्टिफिकेट भएका तर रोजगारी नभएका र नेपालमा केही गर्न सकिदैन भन्नेहरुको लागि यो रेष्टुरेन्ट उदाहरण हो । नेपालमा कयौँ मात्रामा खाली भएर खेर गएको जमिनमा पनि सुन उब्जाएर कृषि सँगसँगै पर्यटनलाई समेत व्यवस्थित गरेर लानु यस होटलको मुख्य उद्धेश्य रहेको छ ।
२. तपाई पहिले उत्पादन क्षेत्रमा हुनुहुन्थ्यो तर अहिले सेवा क्षेत्रमा आउनुभएको छ, किन ?
म आफैँ पनि युवा भएको कारणले युवाहरुको भावना बुभेmँको छु । किसानले उत्पादन गरेको बस्तु भान्सामा, त्यहाँबाट गेष्टको टेबलमा र त्यसपछि मुखमा (ाबचm तय ायचप) को अवधारण अनुसार किसानहरुलाई पनि उत्पादनका लागि उत्साहित गर्न सक्छौँ । किसानहरुले उत्पादन गरेको कतिपय वस्तुहरु त्यसै खेर गएको अवस्था छ । तर हामीले किसानहरुलाई हामीलाई यति मात्रामा उत्पादन गरिदिनु भनेर पेश्की दिन सकेको खण्डमा उनिहरुमा एक किसिमको उत्साह ल्याउन सकिन्छ । त्यसबाट हामीले पनि स्वस्थ्यकर वस्तु प्राप्त गर्न सक्छौँ र अरुलाई पनि खुवाउन सक्छौँ । यो क्षेत्रमा राज्यले यस्ता गतिविधिहरु सञ्चालन गर्न नसकेकोले हामीले त्यसलाई अलिकति व्यवसायीक रुपमा अघि बढाउनको निम्ति म सर्भिसको क्षेत्रतिर आएको हुँ । यसलाई दिगो बनाउनको निम्ति कृषि,पर्यटन र शिक्षामा जोड दिनु नितान्त आवश्यक छ ।
३. तपार्इँहरुकोमा पाइने गुन्द्रुक, ढिडो लगायतका मौलिक खानाहरु त मानिसहरुले घरमै पनि बनाएर खान सक्छन् नि हैन ?
हाम्रो नेपाली मौलिक खानामा ढिडो र गुन्द«ुक मात्रै छैनन् । नेपाली खाना भन्ने बित्तिकै गुन्द«ुक र ढिडो भन्ने मात्र सम्झनुहुन्छ । यो चै एकदमै दुःखको कुरा हो । त्यो बुझाइ भनेको एकदमै कमजोर बुझइ हो भन्छु म त । या हामीले बुझाउन नसकेको हो ।
नेपालमा जातजाती,धर्म,सांस्कृतिको हिसाबले हेर्ने हो भने यहाँ थुप्रै मौलिक खानाहरु छन् । तपाईले के खानु भएको छ होइन कि तपार्इँले कति पोषण युक्त खानु भएको छ ? कुन समयमा खानुभएको छ ? र त्यसबाट न्युट्रेसनहरु के कति प्राप्त गर्न सक्नुहुन्छ भन्ने कुरामा निर्भर रहन्छ ।
४. आजको पुस्ताको आर्कषण भने पिज्जा,बरगर,चाउमिन जस्ता चिजहरुमा केन्दि« रहेको देखिन्छ नि । होटलमा मौलिक खाना खालान् र ?
यो कस्मेटीक समय हो । त्यसैले मानिसले कुनै पनि चिज या वस्तुको भित्रि रुपतिर ध्यान नदिइ बाहिरी रुपतिर ध्यान दिइने भएकोले पनि यो समस्या निम्तिएको हो । तर अहिलेका युवाहरु धेरै नै सचेत हुनुहुन्छ । स्वास्थ्यसँग चिर परिचित हुनुभएको कारणले गर्दा उहाँहरु आफँैमा सचेत पनि हुनुहुन्छ । स्वास्थ्यका हिसाबले कुन कुरा चै मेरा लागि खान योग्य छन् र कुन कुरा चै छैनन् भन्ने कुरामा हामीले सचेत हुनु जरुरी छ । फेरि कहिलेकाही चै सबै कुरा जानेको बुझेको खण्डमा पनि कतिपय कुराहरु हामी बुझपचाएरै पनि गर्दिन्छौँ, त्यसले समस्या निम्तयाउछ ।
५. तपार्इँको मौलिक खानामा विशेष गरी कुन पुस्ताको आकर्षण बढी देखिएको छ ?
पुष १० बाट हामीले यो होटल सञ्चालनमा ल्यायौँ । यसबाट यहाँ आउँने जति सबै सन्तुष्ट नै हुनुहुन्छ । कतिपयले त होम डेलिभरी नै गरेर लाने गर्नुभएको छ । नयाँ जेनेरेसनले यो पनि हुदोरहेछ है हाम्रो मौलिक खाना भन्ने र बुढापाकाहरुले चै ए यो त हराइसकेको थियो आहा फेरि देख्न पाइयो भन्दै रमाएर खाने गरेको पाइयो । खाद्य विभाग कै सरहरुलाई समेत ल्याएर खुवाइयो । उहाँहरुले पनि एक किसिमको राम्रै रेसपोन्स दिने गर्नुभएको छ । ल यसलाई मर्न दिनु हुँदैन है भन्ने किसिमका सल्लाह दिदैँ जानुभएको छ ।
६. नेपाल बहुधार्मिक,बहुसांस्कृतिक,बहुजातिय देश हो । यसमा चै तपाईहरुले विषेश गरेर कुन जाति, धर्म वा सस्ंकृतिलाई विशेष प्राथमिकता दिइएर खानाहरु सर्भिस गर्दै आउनुभएको छ ?
हामीले धर्मलाई भन्दा पनि समुदायलाई बढी प्राथमिकता दिने गरेका छौँ । हामीले विशेष गरेर प्रदेश नं.१ भित्र रहेका थारु, नेवार, तामाङ्, राई लगाएतका सबै समुदायलाई समेट्ने कोशिस गरेका छौँ । प्रदेश नं. १ को बसोबास र समुदायको आधारमा हामीले खानाहरु तयार पार्ने गरेका छौँ ।
७. तपार्इँहरुले यहाँ खानको लागि बनाउने खाद्य वस्तुहरु कहाँबाट आयात गर्ने गर्नुभएको छ ?
हाम्रो आफ्नै बारी रहेको छ । हामी आफँैले उत्पादन गरेको वस्तुबाट मात्र नै सबै खानाहरु तयार गर्ने गरेका छौँ । त्यसको लालि मैले आफ्नै घरको छतमा कुखुरा पालेर समेत परिक्षण गरिरहेको छु । यसको मतलब र्चै के हो भने कम्तिमा हामीले उत्पादन गरेका वस्तुहरु हामीले आफ्नैँ गाँउघरमै आयात–निर्यात गरेर एक–आपसमा निर्भर रहन सकौँ ।
८. तपार्इँको यस रेष्टुरेन्टमा पाइने जति पनि मौलिक खानाहरु छन, त्यो आफ्नैँ मौलिक स्वादमै पाउँन सक्छौँ कि थोर बहुत परिवर्तन भएर आउँछ ?
हामीले स्वादमा जे छ त्यही दिने हो । हामीले हाम्रो ५ ओटा ज्ञानेन्दि«यहरु त छदैछन्, त्यसमा हाम्रो स्व–विवेक अर्को छुट्टै ज्ञानेन्दि«य समावेश गरेर मार्केटमा लाने गछौँ । त्यसैले स्वादको कुरामा कुनै शंका छैन । गेष्टहरुलाई ढुक्क भएर आउनुहुन आग्रह गर्दछु ।
९. अहिलेसम्म के–कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
अहिलेसम्म राम्रै प्रतिक्रिया पाएका छौँ । त्यसको लागि हामीले एउटा बुक पनि तयार पारेका छौँ । त्यसमा चै रेष्टुरेन्टमा आउने गेष्टहरुले आफ्ना विचारहरु राख्ने गर्नुहुन्छ । र त्यसबाट हामीले आगामी दिनहरुमा हाम्रा कमिकम्जोरीहरुलाई कसरी सुधार गरेर अझँै राम्रो सेवा दिने भन्ने उर्जा पाइरहेका छौँ । हामी पनि सबै कुरामा परिपक्व नभएको कारणले अहिले यसलाई निरन्तरता दिने काम मात्रा भइरहेको छ । त्यसैले म अन्तिममा के भन्न चाहन्छु भने, हामी सबै एकजुट भएर आफ्नो पनलाई माया गरेर जान सके मौलिक खानाको प्रर्वद्धन गरेर पर्यटनमा टेवा पुयाउन सकिन्छ ।