बिहीबार २०, बैशाख २०८१ Thu,02 May 2024

सर्वाधिकार सुरक्षित

‘३८ वर्षको कार्यअनुभवका आधारमा नेहा अस्पताल सञ्चालनमा ल्याएँ’ : डा. बद्री दाहाल



14:19 सोमबार २३ , पुष २०७५

डा. बद्री प्रसाद उपाध्याय दाहाल वरिष्ठ फिजिसियन, पेट, छाति, मुटु, थाइराइड मधुमेह रोग विशेषज्ञ हुन् । उनले इटहरीमा नेहा अस्पताल सञ्चालनमा ल्याएका छन् । ३८ वर्ष डाक्टरका रुपमा बिरामी जाँचिसकेका उनले नेहा अस्पताल सञ्चालनमा ल्याउनुअघि इटहरीकै एपेक्स अस्पतालमा काम गरेका थिए । सोअघि इटहरी बाहिरका स्वास्थ्य संस्थामा कार्यरत थिए ।

नेहा अस्पताल र अहिलेको समाजमा देखिएको स्वास्थ्य समस्याबारे उनीसँग गरिएको कुराकानी :

तपाईको अस्पतालको विशेषता के छ ?
यो नेहा अस्पताल दुई वर्ष अगाडी स्थापना भएको हो । सुरुवातकालमा यो इटहरी नगरपालिकाको अगाडी थियो र अहिले वि.पि चोकदेखि २०० मिटर पूर्व सरेको छ । यहाँ आएको ७ महिना भएको छ । यो जेनेरल अस्पताल हो । हाम्रो अस्पतालमा सामान्यतयाः सबै स्वास्थ्य सेवाको सुविधा रहेको छ । जस्तै, ओ.पि.डी सेवा, ओ.पि.डीमा पनि फिजिसियन सेवा, आर्थोक्रेडिक सेवा, नसा रोग, स्त्री रोग तथा बाल रोग आदी सबै रोगको ओ.पि.डी सेवाहरु यहाँ प्रदान गरिन्छ । साथै यहाँ भिडियो एक्स–रे, एक्स–रे, इ.सि.जी सेवा, दिशा, पिसाब जाँच, इमर्जेन्सी लगायतका सेवाहरु उपलब्ध रहेका छन् ।

नेहा अस्पताल स्थापना गर्नुको उद्देश्य चाहिँ के हो ?
यो अस्पताल स्थापना गर्नुको प्रमुख उद्देश्य के हो भने, इटहरीमा राम्रो सेवा प्रदान गर्ने अस्पतालहरु छैनन् । त्यसैले यहाँको मानिसहरु अस्पतालको सेवा लिनको लागि धरान बिराटनगर धाउनु पर्ने अवस्था रहेको छ । त्यसैले यहाँका मानिसहरुलाई सहुलियतको स्वास्थ्य सेवा इटहरीमै दिनको लागि यो अस्पतालको स्थापना गरिएको हो ।

अरु अस्पतालमा भन्दा नेहा अस्पतालमा के फरक सुविधा छ ?
यस अस्पतालमा विशेषज्ञ डाक्टरहरुद्वारा २४ घण्टा इमर्जेन्सि सेवा प्रदान गरिएको छ । यहाँ बाहिरका विशेषज्ञ डाक्टरहरुले पनि सेवा प्रदान गर्ने गर्दछन् । साथै हामिले बिरामिको लागि अक्सिजन सेवाको पनि व्यवस्था गरेका छौँ । यहाँ स्त्री रोग सम्बन्धि इन्जेक्सनद्वारा परिवार नियोजन, छाला रोगको उपचार, बच्चाहरुलाई पनि बाफ लगाउने जस्ता सेवाहरु प्रदान गरिने गरिएको छ ।

अस्पतालमा कस्ता कस्ता किसिमका बिरामीहरु आउने गर्छन् ?
यहाँ सामन्य ज्वरो, रुघाखोकी, टाइफाइड, जन्डिस, मलेरिया आदी भएका अधिकांस बिरामीहरु आउने गर्दछन् । साथै सुघर, प्रेसर, थाइराइड, मधुमेह, मृगौला सम्बन्धि, हार्डजोर्नी, नसा सम्बन्धि रोगका बिरामीहरु यहाँ आउने गर्दछन् ।

बिरामीहरु कुन–कुन ठाउँबाट आउने गर्दछन् ?
खासगरी यहाँ इटहरीका लोकल बिरामीहरु आउने गर्दछन् । साथै चतरा, बांगे, बक्लौरी, प्रकाशपुर, झुम्का, खनार, पकली, गोठगाउँ लगायत सुनसरी मोरङका बिरामीहरु पनि यहाँ आउने गर्दछन् ।

नेपालको स्वास्थ्य अवस्था कस्तो छ ?
नेपालको स्वास्थ्य अवस्था पहिलाको भन्दा निकै सुध्रिदै गएको अवस्था छ । तर पनि राम्रो अवस्थामा भने पुगि सकेको छैन । कुनै ठाउँमा बाटो पुगेको छैन त कुनै ठाउँमा औषधि पुगेका छैनन् । कतिपय ठाउँका मानिसहरुले सानो रोगको लागि पनि काठमाडौँ धाउनु पर्ने अवस्था रहेको छ । तर यस यो क्रमको अन्त्य हुँदै गइरहेको छ ।

देशमा रहेका स्वास्थ्य समस्यालाई समाधान गर्न के गर्नु पर्ला ?
स्वास्थ्यमा रहेको समस्या समाधानका लागि डाक्टरले पनि ध्यान दिनु पर्छ तर यसमा सरकारले अझै बढी ध्यान दिनु पर्ने अवस्था रहेको छ । स्वास्थ्य सम्बन्धि जनचेतना फैलाउनु पर्छ । ठाउँठाउँमा अस्पताल खोल्नु पर्छ । औषधिको व्यवस्था गर्नु पर्छ । निशुल्कः औषधि वितरण तथा डाक्टरहरुको अभाव लाई पुरा गर्नु पर्दछ । एम्बुलेन्स सेवाको व्यवस्था हुनु पर्छ ।

Featured News

Advertisement